​गाउँपालिका महासंघको अध्यक्ष र महासचिव दुबै सिन्धुपाल्चोकका जनप्तिनिधि
Posted on: Apr 03, 2018


चैत्र २०, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ्। यसैगरी महासचिवमा वंशलाल तामाङ चयन हुनुभएको छ ।
श्रेष्ठ नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षमा निर्वा्चित हुनुहुन्छ भने तामाङ नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाका अध्यक्षमा निर्वा्चित हुनुभएको थियो ।
महासंघको महाधिवेशनबाट अध्यक्षसहितको ३७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो। चैत १७ गतेदेखि शुरु भएको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका गर्नुभएको थियो । 
उपाध्यक्षमा मेनुका काफ्ले, सचिवमा देवी बुर्लाकोटी कोषध्यक्षमा दिलमाया बुढा मगर तथा सदस्यमा प्रेमकुमार राई, खिमबहादुर थापा, मानबहादुर डाँगी, भोलाप्रसाद गुप्तालगायत निर्वा्चित हुनुभएको छ ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा स्थानीय तहको अधिकारका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता व्यक्त गनुृभयो । कार्यक्रममा ४०० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको सहभागिता थियो। 


Comments