हिंसा र दाइजोप्रथा बिरुद्ध जागरण कार्यक्र
Posted on: Apr 03, 2018


चैत्र २०,सिन्धुपाल्चोक ,  चौतारामा लैङगीक हिंसा ,छुवाछुत,भेदभाव, बालबालिका हिंसा र दाइजोप्रथा बिरुद्ध जागरण कार्यक्र गरेको छ । सो कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर जानुका पराजुलीले लैङगीक हिंसा मुक्त बनाउने नगरपालिकाले उत्घोष गरेको र यसको लागि लागिपरिरहेको बताउनु भयो । संविधानमा भएपनि ब्यवाहारिक रुपमा महिला नेत्रित्व सामाजले सहजै नस्वइकारेको र घरभित्र भएका महिला हिंसा बाहिर ल्याउन नसकेको पनि पराजुलिले सुनाउनु भयो । संरचनाको निमार्ण मात्र बिकास हैन मानब बिकास पनि बिकास हो उपमेयर पराजुलीले प्रष्ट्याउनुभयो । साथै महिलाले पनि नेत्रीत्व गर्न सक्छ भन्दै आफ्नो ठाउमा भएमा विभिन्न समिति होस या निकायमा भाग लिन र आफ्नो कुरा राख्न जोड दिनुभयो । अन्यमा महिलाहरु पनि जागरण अभियानमा लाग्न आग्रह गर्दै अभियान सफल हुन सुभकामना ब्यक्त दिनुभएको छ ।
यसैगरी सायक जिल्ला अधिकारी दुर्गा बन्जाडेले सिन्धुपाल्चोकमा आफुले गरिरहेको कामको अभव सुनाउदै १६ वर्ष पुगेपछि नागरिकता बनाउनुपर्ने बताउनु भयो । बाबुको नामबाट मात्र नभइ आमाको नामबाट पनि नागरिकता लिन पाउने ब्यवस्था पनि रहेकाले आमाको नामबाट नागरिकता लिन असज महसुस नगर्न भन्नुभयो । किनकि कुनैपनि काम महिलाले गर्ने भनेपछि अनौठो मान्ने र पुरुषले  त्यही महिलाले गर्नेकाम गरेमा समाजले सहजै स्वइकार्ने चलन रहेको बताउनुभयो । साथै महिला शिक्षित हुन जरुली छ अनिमात्र उसले आफ्नो शक्ति प्रयोग गर्न सक्ने उहाले भन्नुभयो । जनचेतना र शिक्षको कमी चुनौतीका विषय रहेको पनि उहाँले बताउनु भयो । 

 


Comments