मिन बहादुरको ‘शंकास्पद’ मृत्यृको अनुसन्धान अल्झियो ,न्यायको लागि भौतारिदै विकमायाको परिवा
Posted on: Apr 13, 2018


चैत्र ३०,सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको  जुगल गाउँपालिका  २ गोल्चे लिदीको मिनबहादुर दोङको ‘शंकास्पद’ मृत्यृको  अनुन्धान सुस्ताएको छ । एक महिना अघि दोङको  घर नजिक लिदिमा नै  शंकास्पद हत्या  भएको  थियो ।  मिनबहादुरको  मृत्यृपछि  प्रहरीले तीन जनालाइ पक्राउ गरि अनुसन्धान थालेपनि अहिलेसम्म घटनाको  बारेमा प्रहरीले  केहि  पत्ता लागाउन  सकेको छैन् ।

मृतकको  श्रीमती विकमाया स्याङबोले  मिनबहादुरको मृत्यृ भए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धपालचोकमा  सातजना विरुद्ध किटानी जाहेरी दिनुभएको थियो् ।  प्रहरी कार्यालयमा यो घटनाको  विषयमा बुझ्दा अनुसन्धान भइरहेको  जानकारी दिएको  छ ।  स्थानीय  भन्छन्  प्रहरीमा  जाहेरी दिएको  महिना दिन वितिसक्यो  तीन जनालाइ हत्या आरोपमा पक्राउ गरेपनि यो  घटनाको  अनुसन्धानबाट प्रहरीले  केहि पत्ता लगाउन नसकेपछि अहिले प्रहरी माथि संका उब्जिएको छ । प्रहरीले भने  अनुसन्धानबाट केहि पत्ता लाग्ने  बताउदै आएको  हो ।

हत्यामा सलंग्न  आरोपित  चार जना फरार रहेका छन् । फरार भएकाहरुले  स्थानीयलाइ प्रहरीमा आफै लडेर मरेको  बयान नदिए अन्य बालिकालाइ समेत मार्ने धम्कि  दिदै  आएको मृतक परिवारले  बताएका छन्  ।  मिन बहादुरको हत्या भएको  भन्दै  स्थानीयले पटक–पटक प्रहरीमा भनेपनि अनुसन्धान भने अझैसम्म अल्झिएको  छ  ।  गत चैत्र ५ गते राती  गोल्चे लिदीकै  स्थानीयबाट दोङको हत्या भएको  भन्दै गोल्चे लिदिका बासिन्दाले भनेपनि   अहिले सम्म घटनाको बारेमा कुनै  निष्कर्ष नआएपछि  पीडित परिवार र स्थानीयमा  आशंका र त्रास बढेको छ ।

यस घटनाको  अनुसन्धान बारे बुझ्दा  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले अनुसन्धान भइरहेको  बताउनुभयो् । मिनबहादुरको  मृत्यृपछि पीडित परिवारमा बेहाल छ । मृतककी श्रीमतीले अहिले शिशु बोकोर सदरमुकाममा आफन्तकोमा आश्रय लिएर बसिरहनु भएको छ ।  उहाको  कमाइको  कुनै आयश्रोत छैन् । श्रीमान मरेपछि अहिले विकमायालाइ आफन्तले  केहि आर्थिक सहयोग गरेको सुनाउनुभयो

मिनबहादुर सगँँ  यस्तो  थियो  विवाद,

गोल्चेमा सडक निर्माणको  लागि सात लाख बजेट आएको थियो  त्यस उपभोक्ता समितिमा मृतकका श्रीमती विकमाया अध्यक्ष हुनुहुन्थ्यो  । विकमायालाइ त्यो  रकम काम हुनु अगावै निकास गरेर आफुहरुलाइ दिन उनिहरुले दबाब पदएपछि मिनबहादुरले मान्नुभएन । नमानेपछि सोहि समुहले उहालाइ पटक पटकको  धम्की दिँदै आएपनि नमानेपछि स्थानीयको  निर्वाचनको  बेला मार्ने योजना बनाउको  गाउँलेले थाहा पाएपछि मिनबहादुरले  सर्तकता अपनाएको  छिरिङ दोङले बताउनुभयो ।


Comments