​मेयरकप फुटबल फाइनल आज ,,उपाधिका लागि एपिएफ र पाँचपोखरी थाङपाल भिड्ने
Posted on: Apr 13, 2018


चैत्र ३०,सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोेगिताको उपाधिका लागि एपिएफ र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । एपिएफले जिल्ला फुटवल संघ काभ्रे र पाँचपोखरी थाङपालले चौतारा स्पोर्टिङ क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
२० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । यो प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशी छ । प्रतियोगिताको विजेतालाई रु दुई लाख र उपविजेता टिमलाई रु एक लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ४२ इन्च एलइडी टेलिभिजन प्रदान गरिने आयोजक तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । 


Comments