​सानुसिरुबारीमा जेष्ठ नागरिक परिचयपत्र बितरण
Posted on: Apr 13, 2018


चैत्र ३०,सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढि नगरपालिका वडा ७ स्थित सानुसिरुबारीमा विहिबार १४२ जनालाइ जेष्ठ नागरिक परिचयपत्र बितरण गरेको छ । जसमा ८२ जना महिला र ६० जना जेष्ठ नागरिक सहभागि भएका थिए । वडा अध्यक्ष उमा प्रसाद दुलालले ८१ वर्षिया पुण्य प्रसाद दंगाललाइ परिचयपत्र दिदै जेष्ठ नागरिक परिचयपत्र बितरण सुरु गर्नुभएको थियो । जेष्ठ नागरिक परिचयपत्र बितरण गर्न अझै बाकि रहेको र सातादिन भित्रमा वितरण गरी सक्ने वडा अध्यक्ष्य दुलालले बताउनु भयो । ७० वर्ष उमेर पुगेकाहरुले जेष्ठ नागरिक परिचयपत्र बनाउन सक्ने छन् ।


Comments