जुगल गाउँपालिका :शिक्षक, जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी स्कुलमा पढाउनु पर्ने
Posted on: Apr 18, 2018


सिन्धुपाल्चोक -बैशाख ५,सिन्धुपाल्चोकको  जुगल गाउँपालिकाले पालिका भित्रका सबै शिक्षक जनप्रतिनिधि कर्मचारीहरुको  छोरा छोरी सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिकाको बैठकले यदि निजि स्कुल पढाएको खण्डमा जनप्रतिनिधि वा परिवारमा कुनै सरकारी सेवा सुबिधा प्राप्त छ भने शिक्षकको ७  प्रतिशत र अन्य  कर्मचारी को ५ प्रतिसत करकट्टी गरिने निर्णय भएको छ ।  

उक्त रमक जुगल गाउपालिका भित्रको कुनै एक नमुना स्कुल बनाउन लगानी गर्ने सर्बसहमतीय निर्णय पनि गरिएको ७ नम्बर वडाका वडा अध्यक्ष दिलकुमार लामाले बताउनुभयो ।साथै स्कुल नमुना बनाउनका लागि स्कुल हरुको प्रपोजल माग गरी छनोट गर्ने समेत निर्णय भएको लामाले भन्नुभयो ।


Comments