रेडियो सिन्धु : १ पालिका १ सामूदायिक पत्रकार अभियान
Posted on: Apr 18, 2018


जनप्रतिनिधि र सरोकारवालासंग बुधबार रेडियो सिन्धुले स्थानिय तहमा सामुदायिक वाल पत्रकारिता हस्तान्तरणका लागि छलफल कार्यक्रम गरेको छ । वल्ड भिजन ईन्टरनेशनलको आर्थिक सहयोग तथा सामुदायिक सुचना नेटवर्क सिआईएनको समन्वयमा रेडियो सिन्धुका उत्पादन गर्ने जिवन रक्षा बाल सुरक्षामा जिल्ला भित्रका केहि नगरपालिका र गाउपालिकामा रहेका सामुदायिक पत्रकारहरुका रुपमा १०  जना बालबालिकाले काम गरीरहेका छन् ।
 छलफल कार्यक्रममा सामुदायिक सुचना नेटवर्क सिआईएनका प्रमुख दिपक आचार्यले विषयबस्तुमाथि प्रकाश पार्दै कार्यक्रमको औचित्य औलाउनु भएको थियो । उहाले सामुदायिक पत्रकारीताले बालबालिका स्वयमको ब्यतित्व विकास भएको र समुदमएका विषय उठाउने सक्षम भएको प्रमाणित भएको बताउनुभयो । उहाले अबका दिनमा वल्डभिजन जिल्लाबाट बाहिरीनलागेकाले बालपत्रकारीताको अवधारणलाई स्थानिय तहलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
 यस्तै छलफल कार्यक्रममा ३ जना सामुदायिक पत्रकारले आफ्रनो अनुभव सुनाएका थिए । अनुभव तथा सिकाई सुनाउदै कुविण्डेकि सामुदायिक पत्रकार गंगा तामाङले आफुले कार्यक्रममा उठाउने विषयले केहि हदसम्म परीवर्तन सम्भव भएको सुनाउनुभयो ।आफुले उठाएका जातिय विभेद, पुननिमार्णमा बालबालिकाको प्रयोग, बाल पोषण, नेपालमै स्वरोजगार गरेर बसेकाहरुका कथाले राम्रो प्रभाव पारेका बतउनुभयो । यस्तै रेडियोमा आवद्ध भएर काम गर्दा समुदाय, कलेजले झन् प्रोत्साहन दिएकोमा खुसि ब्यक्त गर्नुभयो । 
यसैगरी सांगाचोककि सामुदायिक पत्रकार प्रमिला राना मगरले स्थानिय तहले यो कार्यक्रमलाई निरन्तरता दिएर पत्रकारीतामा ईज्छुक बालबालिकालाई अवसर शृजना गर्न आग्रह गर्नुभयो । यस्तै पिपलडाडाका सामुदायिक पत्रकार सुवास रिसालले आत्मविस्वास वढेको र यो काम आफुले पढाई सङ्रगै रमाई रमाई गरीरहेको सुनाउनु भयो ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यलयले जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र , महिला विकास निरीक्षक नानिमैया बस्नेत , गैह सरकारी सस्थाका सल्लाहकार सोम सापकोटा लगाएतले सामुदायिक पत्रकारीताको अवधारणको प्रसन्सा गर्नुभयो । साथै उहाहरुले स्थानिय तहलाई यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । रेडियोलाई पनि स्पष्ट योजना पेश गर्न उहाहरुको जोड थियो । 
कार्यक्रममा रेडियो सिन्धुका स्टेशन प्रमुख रत्न प्रसाद श्रेष्ठले रेडियो सिन्धुले स्थानिय गाउँ वस्ती सम्म सुचना सन्देश प्रवाह गरी समूदायको सकारात्मक रुपान्तरणका लागि क्रियाशिल रहेको बताउनुभयो । 
समूदायमा रहेका बालबालिकाको सुरक्षा र उनीहरुको क्षमता अभिबृद्धी गर्नुका साथै बाल अधिकार सुनिश्चित गर्दै शसक्तिकरण गर्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल र सिआइएनको सहयोगमा रेडियो कार्यक्रम जीवन रक्षा बाल सुरक्षा उत्पादन गरी प्रसारण गर्दै आइरहेको उहाले बताउनुभयो ।

कार्यक्रम उत्पादनका लागि गाउपालिका र नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा सामूदायिक पत्रकार छनौट भई कार्यरत रहेकोमा रेडियोले आगामी आ.व.देखि १ पालिका १ सामूदायिक पत्रकार अभियानको घोषणा गरी स्थानीय सरकार, स्थानीय समूदाय र रेडियोको बीच सहयोग र सहकार्य सहित आफ्नो कार्यक्रमलाई स्थानीय सरकार सम्म विस्तार गर्न लागिएको सुनाउनु भयो । उहाले स्थानीय समूदायको विकासमा सामूदायिक रेडियो, सामूदायिक पत्रकार र स्थानीय सरकारको भूमिकाको विषयमा जनप्रतिनिधिलाई सामेल हुन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथि चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर अमान सिंह तामाङले पत्रकारीताको महत्व दर्शाउदै आफु स्वयममा आएको परीवर्तन रेडियोकै कारण सम्भव भएको अनुभव सुनाउनुभयो । उहाले सामुदायिक पत्रकारीता अधियानलाई निरन्तरता दिन आफु तयार रहेको बताउदै नितिगत योजना पेश गर्न आग्रह गर्नुभयो । चौतारा नगरपालिकालाई सवृद्ध बनाउनुनै आप्mनो लक्ष्य रहेको बताउदै सहकार्यका लागि आफु तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, चौतारा सौगाचोकगढि नगरपालिकाका प्रमुख अमान सिं तामाङ, वडा ५ का अध्यक्ष नरमान श्रेष्ठ लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । साथै रेडियो कार्यक्रम उत्पादन सल्लाहकार समितिका पदाधिकारी र विभिन्न सस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


Comments