छारो र धुलो बिरुद चौतारा सदरमुकाम बासिको आक्रोस
Posted on: Apr 23, 2018


बैशाख १०  सिन्धुपाल्चोक,  चौतारा बजारको मुख्य सडक स्तारोन्नती गर्ने क्रममा ढिलाई भएर अत्याधिक धुलो भएका कारण स्थानीय आन्दोलित भएका छन् । आज स्थानीयवासीले काम चाँडै सम्पन्न गराउने माग राख्दै धुलो उड्ने स्थानमा सवारी आवागमन बन्द गराए ।
महिना दिन अघि देखि कुविण्डेचोक देखि पुरानो बसपार्कसम्म नालि ब्यवस्थाप र सडकको स्तोरउन्नतिका लागि नगरपालिकाले काम सूरु गरेको थियो ।
सडकलाई ब्यवस्थित गर्नुको साटो लाथलिङ्रग छाडेका कारण छारो र धुलोले बस्न समस्या भएपछि स्थानीय आज विरोधमा उत्रिएका हुन् । चौतारा बजारको प्रेस चोक तलका स्थानियल अहिले बजारमा गाडि चल्न दिएका छैनन् । 

बजारक्षेत्रका ब्यवसायिले धुलो र छारोले ब्यवसाय गर्न समस्या परेको भन्दै पसल समेत  बन्द गरेर विरोधमा उत्रिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।स्थानियले बिचबाटोमा काठका मुडा ,पोल तेर्साएका छन् । 


Comments