​सिन्धुपाल्चोकको भिमटारमा मिनि ट्रक दुर्घटना ,१ को मृत्यु, ३ घाईते
Posted on: May 02, 2018


बैशाख १९,सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको ईन्द्रावति गाउपालिका १० भिमटार सिस्नेखोला नजिक भित्री सडकखण्डमा  मिनि ट्रक दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । वा ४ ख ६२३५ नम्बरको मिनि ट्रक सडकबाट खस्दा गाडि चालक सिन्धुपाल्चोक बाह्विसे नगरपालिका वडा नम्बर ६ मान्द्रा बस्ने २५ वर्षको माईला भनिने विकास तामाङको घटनास्थलमै ज्यान गएको हो । गाडिमा सवार अरु तिन जना घाईते भएका छन् । घाईते हरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार गएराति साढे ९ बजेबो समयमा ढाडखोलाबाट सिमेन्ट लोडगरी ईन्द्रावति गाउपालिका तर्फ जादै गरेको मिनि ट्रक उकालोमा लोड तान्न नसकी सडकबाट करीव ४ सय मिटर तल खोलामा खसेको थियो ।अहिले मृतक तामाङको सव पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।


Comments