चौतारा नगरपालिकाले चीनको छेन्दु महानगरसँग भगिनी सम्बन्ध जोड्ने
Posted on: May 08, 2018


सिन्धुपाल्चोक- बैशाख २५ , सिन्धुपाल्चोकको चौतारा नगरपालिकाले चीनको छेन्दु महानगरसँग भगिनी सम्बन्ध जोड्ने भएको छ ।छेन्दु महानगर पनि चौतरा नगरपालिकासँग भगिनी सम्बन्ध बनाएर अघि बढ्न इच्छुक देखिएको छ ।चिनियाँ प्रतिनिधिले चौतारा साँगाचोकगढी नगरपालिकामा आएर दुवै नगर बीच भगिनी सम्बन्ध कायम गरेर अघि बढ्नका लागि तयार भएको बताउनु भएको छ ् ।चिनियाँ कम्युनिष्ट पार्टी छेन्दु महानगर पार्टी कमिटीका सेक्रटरी आबु, छेन्दु महानगरका उप(मेयर वाङदुई लगायतका प्रतिनिधिहरु मंगलबार सिन्धुपाल्चोक आइपुग्नु भएको थियो  ।चिनियाँ प्रतिनिधिहरुले चौतारा साँगाचोकगढीको कार्यालय लगायत यहाँका संरचनाको स्थलगत अवलोकनसमेत गर्नु भयो  ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले पहिलो पटक सीमा जोडिएको देशको महानगरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पहल सुरु गरेको नगरपालिकाका मेयर अमानसिं तामाङले जानकारी दिनु भयो  ।चिनको छेन्दु महानगरमा पनि भूकम्पले क्षती र्पुयाएको र सिन्धुपाल्चोकमा पनि भूकम्पले क्षती र्पुयाएकाले भूकम्पपछिको पुनर्निर्माणमा सहकार्य गर्न आफूहरु तयार रहेको मेयर तामाङले बताउनु भयो  ।छेन्द् र चौताराको मिल्दो जुल्दो विशेषता रहेको बताउँदै मेयर तामाङले दुवै देशमा रेड पाण्डा पाइने लगायत धेरै विशेषता मिल्ने भएकाले पनि सम्बन्ध कायमका लागि आफूहरु तयार भएको उँहाले बताउनु भयो  ।
चिनियाँ कम्युनिष्ट पार्टी छेन्दु महानगरका सेक्रटरी आबुले आफूहरु तिब्बत सरकार र चीन सरकारको समेत प्रतिनिधित्व गरेर नेपालमा आउनु भएको हो ।चौतारा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न आफुहरु तयार रहेको बताउनु भयो  ।चिनियाँ पक्षहरुसँगको अन्र्त्क्रिया कार्यक्रममा नेपाली पक्षले तातोपानी नाका सञ्चालनको लागि पहल गरिदिन आग्रह समेत गर्नु भएको थियो  ।


Comments