​निजी सोत कार्यलय सहयोगी लाई शिक्षक बचत कोषको स्थापनाः जुगल गाउपालिका ५
Posted on: May 09, 2018


बैशाख २६,सिन्धुपाल्चोक, जुगल गाउपालिका ५ वडा शिक्षा समितिको बैठकले वडा भित्र रहेको अस्थायी निजी सोत कार्यलय सहयोगी लाई शिक्षक बचत कोषको स्थापना गर्ने निर्णय गरेकोे छ । हिजो वडा कार्यलयमा बसेको बैठकले आवस्यकताको आधारमा कम्प्युटर शिक्षाको ब्याबस्था गर्ने समेत निर्णय गरेको छ । साथै मल्टिमिडिया को माध्यम बाट अङ्ग्रेजी भाषामा अध्यापन गराउनुका सार्थै सबै बिधालय पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।
साथै वडा भित्र उत्कृष्ट शिक्षक र बिधालय लाई पुर्कृत गर्ने र ईसिडि कक्षा को गेर्डिङ सिस्टम मा कक्षा सन्चालन गर्ने भएको छ ।
जुगल गाउपालिकावडा नम्बर ५ मा वडा शिक्षा समितिको आयोजनामा वडा भित्र रहेका सामुदायिक बिधालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गरिने बिषयमा भएको छलफलले यस्तो निर्णय गरेको हो । 


Comments