जिल्लाको पहिचान क्षयिकरण हुदै गएपछि नियन्त्रणको लागि कांग्रेसले बुझायोे ज्ञापन पत्र
Posted on: May 10, 2018


बैशाख २७,सिन्धुपाल्चोक,सिन्धुपाल्चोक जिल्लाको पहिचान दिनानुदिन क्षयिकरण हुदै गएको भन्दै रोकथाम र नियन्त्रणको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।ऐतिहासिक ,धार्मिक एंव प्राकृतिक महत्वका ईन्द्रावति,सुनकोसि ,भोटेकोसि,ब्रम्हायणि नदिमा अस्तित्व विहिन बन्ने खतरा बढेको भन्दै ज्ञापन पत्र बुझाएको कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ । सरकारी निकायहरु र स्थानिय तहनै संलग्न एंव सहयोगी बनेको समाचार प्रशारीत हुदासमेत सम्वन्धित निकाय मौन बसेपछि ज्ञापनपत्र बुझाउन बाध्य भएको नेपाली कांग्रेस सिन्धुपाल्चोक सचिव विल वहादुर तामाङले बताउनुभयो ।ज्ञापन पत्र बुझ्रदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा ग्रैह कानुनिरुपमा उत्खनन गरीरहेका ५ ओटा क्रसर उद्योगलाई बन्दगर्नको लागि सम्बन्धित निकायलाई पत्राचार गरीसकेको बताउनुभयो ।साथै उहाले क्रसरहरुले गरीरहेको उत्खनन बारेमा प्रशासनले बेलाबेलामा अनुगमन गरीरहेको र अनुगमनका क्रममा गत भदौदेखि ९ वटा स्काभेटर नियन्त्रणमा लिएको बताउनुभयो । साथै उहाले करीव ३० लाख भन्दा वढि राजस्व संकलन गरेको बताउनुभयो । ज्ञापनपत्र बुझाउदै कांंग्रेस उपसभापति शिव सुनारले जिल्लामा पुननिमार्णको समय रहेको र राज्यमा दर्ताभई संचालनमा रहेको उद्योगबाहेक अन्य उद्योग बन्द गरी जिल्लाको बातावरणीय पक्ष जोगाईराख्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गर्नुभयो ।


Comments