मापदण्ड विपरित इन्दवती नदीको धार नै परिवर्तन गरि क्रसर संचालन
Posted on: May 10, 2018


दिपक खत्री, बैशाख २७,सिन्धुपाल्चोक,सिन्धुपाल्चोक जिल्लाको मेलम्चि देखि दोलालघाटसम्म ईन्द्रावति खोलामा करिव २२ वटा क्रसर सञ्चालित छन् । पाँच वर्षअघि अहिलेको खोतियोग्य जमिनको सतहमा भएको इन्द्रावती अहिले पाँच मिटर भन्दा बढि गहिराइमा पुगिसकेको छ । मापदण्ड विपरित इन्दवती नदीको धार नै परिवर्तन गरि क्रसर संचालन भईरहेको इन्द्रावति किनारमा रहेको बाहुनेपाटिका स्थानिय राम प्रसाद श्रेष्ठले बताउनुभयो ।
नदि किनारामा अहिले उद्योग खोल्ने नाममा मेलम्चि, बाहुनेपाटि, फड्केश्वर, सिपाघाट  र  काभ्रे सिन्धुपाल्चोको सिमा हुँदै दोलालघाटसम्म २२ वटा क्रसर सञ्चालनमा छन् ।  यसरी क्रसर सञ्चालन गर्दा नदिको अस्तित्व सगँै किनारा आसपासका जमिन र बस्तीमा निकै असर परेको  छ ।  बाहुनेपाटिकै स्थानीय देवकी धितालले आफ्नो १८ मुरी धान फल्ने खेत क्रसरका कारण बाझो बसेको सुनाउनुभयो ।
मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको बनाएको छ । तर मापदण्ड विपरीत उत्खनन् भईरहँदा नगरपालिकाले चासो दिएको छैन । प्रशासन र राजनीतिक दललाइ क्रसर व्यवसायीले आफ्नो प्रभावमा पारेको र मापदण्ड विपरित नदिजन्य पदार्थ उत्खनन् गरेको स्थानीयबासीको आरोप छ । नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै बिग्रिएको छ । त्यस्तो खाल्डोमा परि चार जना बालबालिकाको मत्यु भईसकेको छ । अवैध रुपमा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको बारे जानकारी पाएको र अनुगमन सुरु गरीएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।
नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्ग र खोलाकिनारबाट ५ सय मिटर टाढा, एवं वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापदण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापदण्ड विपरीत निर्वाध रुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसिरहेका छन् । 


Comments