तिन वर्षमा बासखर्कको पिडा जस्ताको तस्तै
Posted on: May 10, 2018


दिपक खत्री, बैशाख २७,सिन्धुपाल्चोक, बिनाशकारी भूकम्प गएको तिन बर्ष पुग्यो । तिन बर्षमा पुन निर्माणको कामले सोचेजति गति लिन लिन सकेन । सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर १ का भूकम्प पिडित अझै टहरामा नै छन् । 
सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट २० किलोमिटर मात्रै उत्तरमा पर्छ जुगल गाउपालिका१सेलाङ बासखर्क ।जहाँ भूकम्प प्रभावित डेड सय परिवारको अस्थायी टहरो छ ।  भूकम्पपछिस्याउले, सेलाङ, गोल्चे, गुम्बा, बतासे र पाङताङबाट विस्थापित भएर आएका पिडितहरु बासखर्कको सामुदायिक बनमा बस्न थालेको ३ बर्ष पुग्यो । सरकारले उनीहरुलाई एकीकृत बस्ती निर्माण गरिदिने आश्वासन पनि दिएको थियो तर पूरा भएन । 
तत्कालीन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द पोखरेलले विस्थापित बसेको जग्गामा नै एकीकृत बस्ती बनाईदिने आश्वासन दिनुभएको थियो । तर प्राविधिक कारणले प्रक्रिया अगाडी बढाउन नसकिएको प्राधिकरणले जनाएको छ । 
राष्ट्रिय पुननिर्माण प्राधिकरणले जुगल गाँउपालिकालाई फागुन २१ मा बसोवास योग्य जमिन भए नभएको एकिन विवरण माग गर्दै पत्र पठाएको थियो । वडा अध्यक्ष कमल थापायकिन विवरण गाउपालिकामा पठाएको र गाउपालिकाले केन्द्रमा पठाउने तयारी गरीरहेको बताउनुहुन्छ ।
सामुदायिक बन क्षेत्रमा बस्दै आएका उनीहरुसंग आफै घर बनाउन लालपुर्जा छैन । सरकारको भर पर्दा ३ बर्ष सम्म टहरा नै बस्नुपरेको उनीहरुको गूनासो छ । 

 


Comments