जुगल गाउपालिका ३ द्रारा करार हिक्षकहरुको लागि बचत कोषको ब्यवस्था
Posted on: May 22, 2018


जेष्ठ ८,सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउपालिका ३ ले करार हिक्षकहरुको लागि बचत कोषको ब्यवस्थापन गरेको छ । वडा शिक्षा समितिको आयोजनामा आज भएको बैठले वडा भित्रका सातै वडा विद्यालयमा कार्यरत करार शिक्षकहरुको लागि कोषको स्थापना गर्ने निर्णय गरेको हो ।बैठकले वडा भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आवस्यक रणनिति अपनाउने निर्णय समेत गरेको छ । 
रणनिति अनुरुप शैक्षीक स्तर सुधार गर्ने विद्यालयलाई नमुना विद्यालय घोषण गरी वर्र्षैपिज्छे पुरस्कृत गरीदै जाने निर्णय समेत गरीएको वडा अध्यक्ष सानुकान्छा तामाङले बताउनुभयो । यसैगरी वडा भित्रका अनाथ बालबालिकाको उच्च तहसम्म निशुल्क पठनपाठनका लागि वडाले ब्यस्वस्था गरीरहेको जुगल गाउपालिकाका शिक्षा समिति संयोजक सनत अधिकारीले बताउनुभयो । उहाले समान  शिक्षा प्रदान गने उदेस्यका साथ दरवन्दि मिलान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।  बैठकमा वडा भित्रका विद्यालय ब्यवस्थापन समिति ,प्रधानध्यापक,समितिका पदाधिकारी लगाएतको उपस्थिति थियो ।


Comments