माटोमा प्राङ्रगरीक पदार्थ अत्यन्त न्युन
Posted on: May 30, 2018


जेष्ठ १६ ,सिन्धुपाल्चोक   सिन्धुपाल्चोकको माटोमा प्राङ्रगरीक पदार्थ अत्यन्त न्युन रहेको पाईएको छ । जिल्लाको साविक १३ गाविसको नमुना संकलन गरी माटो  परीक्षण गर्दा प्राङ्रगारीक मलको मात्रा अत्यन्त कम पाईएको हो । साविक सेलाङ ,स्याउले , ठुलोसिरुवारी ,सानोसिरुवारी ,चौतारा, कुविण्डे,फुल्पिङकोट ,जलविरे ,बराम्चि ,हगाम ,पाङताङ र कदमबासबाट नमुना माटो संकलन गरीएकोे थियो ।हरेक साविकका एउटा गाविस बाट ९ ठाउका माटो संकलन गरी  कुल १ सय १४ नमुना माटोको परीक्षण गरीएको थियो । जनहित गा्रमिण सेवा समिति र अक्सफामको सयुक्त आयोजना तथा जिल्ला कृषि विकास कार्यलय सिन्धुपाल्चोक र माटो ब्यवस्थापन निर्देहनालय हरीहर भवन ललितपुरको समन्वयमा चौतारामा संकलित माटोको परीक्षण गरीएको जनहित गा्रमिण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्योपानेले बताउनुभयो । माटो परीषणका लागि माटो ब्यवस्थापन निर्देशनालयबाट अत्याधुनिक घुम्ति प्रयोगशाला ल्याइैएको थियो । चेकजाच गरीएका माटोमा प्राङ्रगारीक पदार्थ निकै कम देखिएको वरीष्ठ माटो विज्ञ जनार्दन खड्रकाले जानकारी दिनुभयो। उहाका अनुसार माटोमा अम्लिय पन वढि देखिएको छ । माटो परीषणको प्रतिवेदन किसानहरुलाई बाड्रदै कृषि चुनको प्रयोग गर्न माटो विज्ञ खड्रकाले किसानलाई सुझाव दिनुभयो ।माटो विरामि हुनु मापनस विरामि हुनु जस्तै भएको बताउदै खड्रकाले प्राङ्रगारीक मल प्रयोग गर्न अनुरोध गर्नुभएको हो । चौतारा सांगाचोक गढि नगरपालिका ४ का वडा अध्यक्ष चुडामणि नेपालले किसानको माटो जाचेर समस्या थाहा भएकोले जनप्रतिधिहरुले उत्पादन वृद्धि गर्न सहयोग गर्ने बताउनुभयो । यस्तै चौतारा सांगाचोक गढि नगरपालिका ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले उत्पादन कम भएपछि किसानले माटो परीषण पस्चात कारण थाहा पाएकाले सझाव अपनाउन अनुरोध गर्नुभयो। माटो ब्यवस्थापन निर्देहनालयका प्रमुख ईन्द्र ओलिले माटोको उर्वरा शत्तःी बडाउन विज्ञको सल्लाह अनुसार काम गर्न आग्रह गर्नुभयो ।मानिसलाई बचाउने माटोलाई मानिसलेनि बचाउनु पर्ने उहाको तर्क थियो । आफ्रनो माटोको स्वास्थ्य अवस्था थाहा पाउनका लागि जिलला कृषि विकास कार्यलय चौतारामा ६० कृषक उपस्थित थिए ।


Comments