निर्माणाधिन नेपाल टेलिकमको टावरविरुद्ध स्थानीय आक्रोशित
Posted on: Jun 05, 2018


जेष्ठ २२, बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेस्थित रातामाटामा निर्माणाधिन नेपाल टेलिकमको टावरविरुद्ध स्थानीय आक्रोशित बनेका छन् । सार्वजनिक हु“दाह“ुदै व्यक्तिगत जमिनमाथि कुनै सूचना नदिइ टावर निर्माण भइरहेको भन्दै स्थानीयले नेपाल टेलिकम र नगरपालिकामा बन्द गर्न पत्र दिएका हुन् ।

बाह्रबिसे नपा वडा ९ का स्थानीय हरि रायमाझीको जग्गामा बन्न थालेको टेलिकमको टावर ६ महिनाअघिबाट थालिएको थियो । १२ मिटर अग्लो मोबाइल टावर स्थानीयवासी र नगरलाई सूचना नदिइ निर्माण गरिएकाले बन्द गर्न तीन पटकसम्म डेलिकेशन गएको स्थानीय रामशरण रायमाझीले बताउनुभयो।

टावरको कारणले स्थानीयमा विवाद चर्किदै गएपछि काम रोक्न लगाएको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा बताउनुभयो । भूकम्पपछि राजधानीमा राख्न लागिएको टावर ‘कभरेज’को लागि बाह्रबिसे नगरको रातमाटामा लगिएको नेपाल टेलिकमका टावर व्यवस्थापक अनन्तमान सिंहले बताउनुभयो ।


Comments