आज विश्व वातावरण दिवस;सिन्धुपाल्चोकमा विभिन्न ठाउमा बृक्षारोपण
Posted on: Jun 05, 2018


जेष्ठ २२,सिन्धुपाल्चोक ;आज विश्व वातावरण दिवस । हरेक वर्ष जुन ५ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।  ‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, पुनःप्रयोग गर्न नसेके बहिष्कार गरौं’ भन्ने नाराका साथयसवर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । वन र वातावरणसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले आज कार्यक्रम गरेका छन्् । 
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पनि आज विहान बजारको सफाई गरीएको छ । कर्मचारी र जनप्रतिनिधि र सरोकारवालाहरुले बजारको फोहोर उठाउदै हिडका थिए । चौतारा साँगाचोकगढि नगरपालिका मेयर अमानसिंह तामाङले आफ्नो घरको र घरअगाडिको नियमित सफाई गर्न आग्रह समेत गर्नुभयो ।

साथै सिन्धुपाल्चोकमा विभिन्न ठाउमा बृक्षारोपण पनि गरीएको छ ।  सो अवसरमा आँप, लिची, एबोगार्डो, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको छ । विदेश निर्यात गर्न सकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्दै फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने सहभागिहरुको भनाई थियोे ।


Comments