केयर नेपालको सार्बजनिक लेखा परिक्षण कार्यक्रम बासखर्कमा सप्पन्न
Posted on: Jun 08, 2018


सिन्धुपाल्चोक, जेष्ठ २५  ; केयर नेपाल सि यश आर सि को सार्बजनिक लेखा परिक्षण कार्यक्रम पाँचपोखरी थाङ्पाल गाउपालिका १ बासखर्कमा  सप्पन्न भएको छ । संस्थाले अप्रिल २०१६ बाट गरेका काम र आगमी योजनाको बारेमा जानकारी गराइएको थियो । सस्थाले आयआर्जन कृषि पुनर्निर्माण लैगिङक समानता चिया खेती डिपिसी सम्म निर्मानमा सहयोग विभिन्न तालिम  लगायत क्षेत्रमा काम गरिरहेको छ ।

सहभागिले सस्थाले गरेका काम राम्रो रहेको र अझै आयआर्जन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । केयर नेपालका अष्ट कार्कीले स्थानियको अपेक्ष्या अनुसार आगामी योजना बनाउने बताउनुभयो । यसैबिच वडाअध्यक्ष सुर्यमान दोङ्ले सस्थाहरुले गरेको सहयोग सर्हा्निय रहेको बताउनु भयो । यश अघि साबिक गाबिस दुवाचौर थकनी लागार्चे बरुवा भोताङमा पनि सार्बजनिक परिक्षण सम्पन्न गरिसकेको छ ।

 बाँस्खर्कको याङरी खोरमा पाहुना घर निर्माण सम्पन्न भएको छ । वडा को ५ लाख सहयोगमा उक्त पाहुना घर निर्माण भएको हो यसको लागि स्थानिय सानुमाया तामाङले ३ आना जग्गा प्रदान गर्नु भएको थियो । पाहुना घरबाट स्थानिय १८ घरधुरीलाई कार्यक्रम पुजापाठ गर्न सजिलो भएको पाँचपोखरी थाङ्पाल गाउपालिका १ का वडासद्स्य जयनारायण श्रेष्ठले जानकारी दिनुभयो।


Comments