​नक्कली नागरिकता काण्डमा वडा अध्यक्ष पक्राउ
Posted on: Jun 13, 2018


जेष्ठ ३०,सिन्धुपाल्चोक , नक्कली नागरिकता काण्डमा सिन्धुपाल्चोकको हेलम्बु गाउपालिका ७ ईचोकका वडा अध्यक्ष खेतनाथ घिमीरेलाई  प्रहरीले पक्राउ गरेको छ ।काठमाडौ बौद्ध प्रहरीको टोलिले अध्यक्ष घिमिरेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा जिम्मा लगाइएको  प्रहरी प्रमुख मोहन पोखरेलले बताउनुभयो ।  खुशी तामाङलाई आफ्नो बहिनी भनि नागारिकताको लागि सिफारीस दिई जिल्ला प्रशासन कार्यलयबाट नागारिकता बनाएको अभियोगमा वडा अध्यक्ष घिमीरेलाइ पक्राउ गरिएको हो ।  गत जेठ ११ गते नक्कलि प्रमाणको आधारमा खुशी तामाङले नारीकता बनाएको खुलासा भएपछि प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको छ भने वडा सचिवको खोजि गरीरहेको छ ।


Comments