​अनुगमनमा गएका जनप्रतिनिधिमाथि ठेकेदारद्रारा हातपात
Posted on: Jun 13, 2018


जेष्ठ ३०,सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको बलेफी गाउपालिका ५ मा अनुगमनमा गएका वडा अध्यक्षलार्ई ठेकेदारले हातपात गरेका छन् । अनुगमनका क्रममा कमशल काम गरेको भनेपछी कोठेस्थित एकतर्फी सडकमुनीको पक्की वाल निर्माणको ठेकेदारले हातपात गरेका हुन् । अरनिको राजमार्गको कोठे नजिकै कालिदहमा निमार्णधिन बाटोमा गुणस्तर हिन काम गरेको पाईएपछि जनप्रतिनिधि अनुगमनमा गएका थिए ।
वडाअध्यक्ष सहितको टोलिले केही दिन उक्त सडकको अनुगमन गरेर काम सच्याउन निर्देशन दिएका थिए । हिजो पुन अनुगमनमा जार्दा  तिलक बस्नेत समुहको ठेकेदार समुहले हातपात गरेको वडा अध्यक्ष विकास श्रेष्ठले रेडियो सिन्धु संग कुराकानि गर्दै बताउनुभयो ।  यसैबिच अध्यक्ष श्रेष्ठको हातमा चोट लागेको छ भने ठेकेदारलाई प्रहरीले पक्राउ गरी कारवाहि अगाडि बढाएको छ ।


Comments