​सम्झौता कार्यन्वयन नभएको भन्दै मेलम्ची खानेपानिको सिन्धु सुरुङमा स्थानियकोे विरोध
Posted on: Jun 13, 2018


जेष्ठ ३०,सिन्धुपाल्चोक, मेलम्ची खानेपानि आयोजनाको सिएमसि विरुद्ध सिन्धु सुरुङका स्थानिय आन्दोलित भएका छन् ।   उनिहरुले हिजो देखि आयोजनाको सम्पुर्ण काम ठप्प पारेका छन् । सिएमसि कम्पनिमा कार्यरत तारा वहादुर तामाङको २ महिना अगि मृत्युभएपनि हालसम्म क्षतिपुर्ति नदिएको र ७३ सालमा भएको ८ बुदे सहमति कार्यन्वयन नभएपछि आन्दोलनमा उत्रन बाध्यभएको सिन्धु सिरुङ स्थानिय प्रभावित सरोकार समितिका अध्यक्ष कुमारी तामाङले बताउनुभयो । २ महिना अघि काम गर्दा गर्दै अचानक बेहोस भएर ढलेका तारा वहादुर तामाङको उपचारका क्रममा निधन भएपनि सिएमसिले अहिलेसम्म कुनै पनि क्षतिपुर्ति दिएको छैन । मृतक परीवारलाई तत्काल क्षतिपुर्ति उपलग्ध गराउन र सम्झौताहरु कार्यन्वयन गर्न माग गर्दै आन्दोलन जारी राख्ने  सिन्धु सिरुङ स्थानिय प्रभावित सरोकार समितिका अध्यक्ष कुमारी तामाङले बताउनुभयो ।  अहिले आन्दोलित स्थानिय र मजदुरहरुले सिएमसिका गाडि समेत प्रवेश गर्न दिएका छैनन् ।


Comments