​ठेकेदारलाई पक्राउ
Posted on: Jun 13, 2018


जेष्ठ ३०,सिन्धुपाल्चोक, सिन्धुपाल्चोक चौतारा–साँगाचोकगढी नगरपालिका—२ बतासेस्थित कालिका मावि भवन निर्माणमा ढिलाई गर्ने रामेछापका एक ठेकेदारलाई आज पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एम. के. शान्ति एण्ड जेभी कन्ष्ट्रकशनका ठेकेदार रामेछाप लिखु–तामाकोशी गाउँपालिका–७ का भीमप्रसाद गौतम रहेको र उनलाई आज दिउँसो १२ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले बताउनु भयो । एशियाली विकास बैंकको सहयोग १७ करोड रुपियाँको लागतमा निर्माणाधिन यो विद्यालय आउँदो भदौ महिनासम्ममा सकाउनु पर्ने सम्झौता छ तर ठेकेदार कम्पनीले पानीको अभाव भन्दै मुस्किलले २० प्रतिशत मात्र काम भएको बताइएको छ । 
एशियाली विकास बैंककै सहयोगमा सिन्धुपाल्चोकको बतासेमा विभिन्न ३ वटा विद्यालय भवन निर्माणको काम भइरहेको छ । तीनवटै विद्यालय भवन निर्माणको काम यो ठेकेदार कम्पनीले लिएको र तीनवटै विद्यालय भवनमा ढिलासुस्ती र आलटाल गर्दै आइरहेको स्थानीयले बताएका छन् । ठेकेदार कम्पनी क क्लासको ठेकेदार भएको र यसका मुख्य ठेकेदार भने विदेशमा नै रहेको बताउँदै प्रहरीको नियन्त्रणमा पर्ने पौडेलले आफू सब कन्ट्रयाक्टर मात्र भएको बताएका छन ।


Comments