भारतको वाराणसीमा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
Posted on: Oct 16, 2016


असोज ३० – भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । ज्यान जानेमा अधिकांश महिला छन् । वाराणसी र चन्दौलीको बिचमा पर्ने राजघाट पुलमा भागदौड मच्चिएको हो । प्रशासनको लापरवाहीका कारण धार्मिक कार्यक्रम चलिरहँदा भागदौड भएको हो ।कार्यक्रममा तीन हजार जना आउने अपेक्षा गरिएकोमा ७० हजार भन्दा धेरै आएको र व्यवस्थापन गर्न नसक्दा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । 


Comments