रुस र अमेरिका पछि चीनले दुई यात्रीसहितको यान अन्तरिक्षमा पठायो
Posted on: Oct 17, 2016


बेइजिङ, कार्तिक १ । चीनले दुई यात्रीसहितको यान अन्तरिक्षमा पठाएको छ । 2sसेनजु११ नामको सो यान चीनको गोबी मरुभूमिस्थित जियोचुयान स्याटेलाइट लन्च सेन्टरबाट अन्तरिक्षमा पठाइएको हो ।

China launches manned mission to experimental space station

यो यान प्रक्षेपणसँगै अमेरिका र रुसपछि चीन अन्तरिक्ष यात्रीसहितको यान प्रक्षेपण गर्ने तेस्रो राष्ट्र बनेको छ । यो यानले चन्द्रमा र मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने सम्भावनाबारे अध्ययन र अनुसन्धान गर्नेछ ।

China launches manned mission to experimental space station

सो यानमा जाने अन्तरिक्ष यात्रीमा ४९ वर्षीय जिंग हैपेंग र ३७ वर्षका चेन डांग छन् । यीमध्ये जिंग हैपेंग यसअघि पनि दुई पटक अन्तरिक्षमा पुगिसकेका ब्यक्ति हुन् ।

China launches manned mission to experimental space station

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्षको खोजमा यो यानले सफलता हासिल गर्ने तथा चीनले अन्तरिक्षको क्षेत्रमा छलाङ मार्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । चीनले तीन वर्ष पहिले रोबर मिसन, जेड रैबिट रोबोटलाई सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण गरेको थियो । (एजेन्सी)

China launches manned mission to experimental space station


Comments