उत्तर कोरियाली नेता किम जोङ क्षेप्यास्त्र परीक्षणमा मुलुकले झेल्नु परेको असफलताबारे गम्भीर
Posted on: Oct 29, 2016


उत्तर कोरिया, कात्तिक १३ । उत्तर कोरियाली नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षणमा मुलुकले झेल्नु परेको असफलताबारे गम्भीर छानविन गरिरहेका छन् । उनले क्षेप्यास्त्र परीक्षण कार्यक्रममा अमेरिकी र दक्षिण कोरियाली जासुसको भूमिकाबारे अनुसन्धान अघि बढाएका हुन् ।

उत्तर कोरियाद्वारा परीक्षण गरिएका केही क्षेप्यास्त्र सफल नहुनुमा अमेरिका र दक्षिण कोरियाको भूमिका रहेको हुन सक्ने आशंकाका साथ छानविन अघि बढाइएको अधिकारीहरुको भनाइ छ ।मुसुडान क्षेप्यास्त्र आठ पटकसम्म परीक्षण गर्दा एक पटकमात्र सफल भएको थियो । यी असफलताका लागि उत्तर कोरियाले आफ्नो मुलुकको परमाणु हतियार कार्यक्रममा जुटेका अधिकारीहरु मध्ये केही अमेरिकी र दक्षिण कोरियाली जासुस हुन सक्ने आशंका गरेको छ । (एजेन्सी)


Comments