मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व: तिहार झनै महत्वको चाड
Posted on: Oct 30, 2016




सिन्धुपाल्चोक, कार्तिक १४ - गोपाल ढकाल, मनोविद
सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटघाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ |शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ , आत्मबल बढाउछ , सकारात्मक मार्गमा हिडने प्रेरणा मिल्छ , सकारात्मक सोचको बिकास गरिदिन्छ | मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापी कै काम गरिरहेको हुन्छ | चाडपपर्वको मनोबैज़ानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी चाडको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ |
चाडपर्वमा खाईने मिठो मसिनोले शारिरीक स्वास्थ्य राम्रो बनाऊछ |
भेटघाट र शुभकामनाको आदन प्रदानले सामाजिक स्वास्थ्य कायम राख्छ | चाडपर्वको बेला तुलनात्मक रूपमा अपराधका घटनाहरू कम हुने गर्दछन | चाडपर्वको अवसरमा गरिने पुजापाठले मानिसलाई आध्यात्मिक रूपमा स्वस्थ्य वनाउछ | तिहार बत्ति र फुलको पर्व हो | उज्जयालो , चम्किलो र सुन्दर कुरा नै रोज यसमा रमाउने प्रयास गर भन्ने संदेश यसले दिएको हुन्छ | मानिसले अन्धायारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ | डिप्रेशनले गाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठुलै औषधीको काम गरिरहेको हुन्छ | तिहारमा काग , कुकुर , गाई , गोरूको पुजा गर्नु भनेको उनिहरूको कामको सम्मान गर्नु हो |

संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन | अरूको कदर र गुणको पुजा गर्नु पर्छ चाहिए ति पशु वा आफुभन्दा साना नै किन नहुन | यो कुराको प्रष्ट संदेश तिहारमा पाईन्छ | कसैले आफनो कामको सम्मान पाएन भने त्यहीबाटअसमझदारी र असंतुष्टि बढछ | कलह र बिद्रोहको कारण पनि यहि हो | तिहारमा खेलिने देउशी भैलो मनोरन्जनको राम्रो माध्यम हो | मानसिक स्वास्थ्यका लागि मनोरन्जन ज्यादै महत्वपूर्ण हुन्छ | तिहारमा लझ्मि वा पैसाको पुजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नु पर्छ भन्ने हो | घनि वन्ने हो भने पैसाको कदर र सम्मान गर्नै पर्छ | यसो नगर्ने मान्छे कहिल्यै धनि हुन सक्दैन | भाई पुजाले त व्यक्तिको आत्मसम्मान बढाउन ठूलो काम गरेको हुन्छ | आत्मसम्मानको कमि हुदा व्यक्तिमा बिभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन |

चेलीहरू बिबाह गरि अर्काको धरमा जाने भएकाले दाजुभाई र दिदि बहिनिबिचको सम्बन्ध टाढा हुदै जानसक्ने सम्भावना धेरै हुने
हुदा माईती र चेली विचको सम्बन्ध गाढा बनाई राख्न तिहार जस्तो चाडको ठुलो महत्व छ | तिहारको मनोबैज़ानिक महत्वलाई बुझौ र यसलाई धुमधामका साथ मनाऔं | तिहारको धेरै धेरै शुभकामना |


Comments