एउटा नम्बर प्लेटको मूल्य ९० लाख डलर : ५ नम्बरको प्लेटको ,मूल्य झन्डै एक अर्ब
Posted on: Nov 01, 2016


आफूले चढ्ने गाडीको नम्बर प्लेटका लागि कति पैसा खर्च गर्न तयार होलान\ सवारी धनीहरु । दुई चार लाख, करोड रुपैया? दुबईका एक रियलस्टेट व्यवसायीले यस्तो अनुमान भन्दा निकै बढी पैसा गाडीको नम्बर प्लेटका लागि खर्च गरे । उनले बोलकबोलमा  ९० लाख डलर (करिव ९७ करोड नेपाली रुपैयाँ ) तिरेर एक अंकको नम्बर प्लेट लिएका हुन् । उनले ५ नम्बरलाई यति धेरै पैसा तिरे । दुबईका यी व्यवसायी बलविन्दर सहनीले बोलकबोलमा यति धेरै पैसा तिरेको समाचार सिएनएनले प्रकाशित गर्‍यो। तर समाचारमा आउन वा समाजको सेलिब्रिटी बनेर फोटो खिचाउन  आफूले बोलकबोलमा भाग लिएर यति धेरै पैसा नतिरेको उनी बताउँछन्।
समाचार तथा तस्विर सिएनएनबाट ।
 
एउटा मात्रै अंकको नम्बर प्लेटलाई तेलको धनी अरवमा प्रतिष्ठाको रुपमा लिइन्छ। यहाँका धनाढ्यहरु एक अंकका लागि दसौं लाख डलर तिर्न तयार हुन्छन्। त्यहाँको सरकारले यस्ता नम्बर प्लेट बोलकबोल गरेर दिन्छ। 
यो निकै धेरै पैसा हो, तर सन् २००८ मा यो भन्दा पनि बढी पैसामा नम्बर प्लेट विकेको थियो। त्यसबेला अबुधावीका एक व्यापारीले एक करोड ४० लाख डलरमा नम्बर प्लेट किनेका थिए ।
 

 

सहनीको यो खरिदले धेरैको ध्यान तानेको छ। तर कसैले रोकेर फोटो खिच्न आग्रह नगर्दासम्म र बोलकबोलबा बारेमा नसोध्दासम्म उनी यो विषयमा बताउन चाहँदैनन् । बढी पैसामा नम्बर लिएर सेलिब्रिटी बन्ने आफ्नो चाहना नभएको दावी उनले गरेका छन् । त्यसो त सबै मानिस यसमा आकर्षित पनि छैनन् । केही मानिसले यसलाई पैसाको दुरुपयोग गरेको आरोप पनि लगाएका छन् । 

यो कठिन कुरा हो, मानिसहरु मलाई नबुझि टिप्पणी गरिरहेका छन्, उनले आफूलाई कुनै चर्चित मानिस बन्ने चाहना नभएको भनेर व्याख्या गर्दै भने, म सामान्य मानिस हुँ। उनले यो नम्बर प्लेट रोल्स रोयस् कारमा प्रयोग गरेका छन्। उनीले अर्को यस्तै कारमा ९ नम्बर लिएका छन् । दुबै लक्जरी कारमा एक एक अंककै नम्बर प्लेट प्रयोग गरेका छन् । एस अघि गत वर्ष पनि उनले ९ नम्बरका लागि ६७ लाख अमेरिकी डलर(करिब ७२ करोड रुपैयाँ) तिरेका थिए । 
दुबईमा आयकर लाग्दैन। नम्बर प्लेटका लागि तिरको पैसा सामाजिक कल्याणमा जाने विश्वास सहनीको छ। सार्वजनिक क्षेत्रका विकासमा यो पैसा जान्छ, त्यसैले आफूले तिरेको पैसाले सहरमा पूर्वाधारमा समेत सुधार हुनसक्ने उनको भनाई छ। 'म फिर्ता गर्नुपर्छ भन्नेमा विश्वास गर्छु, सहनीले आफूले धेरै पैसा तिर्नुको कारण खुलाउँदै भने, यो सहरले मलाई धेरै दिएको छ।'
 

दुबईको रोड तथा ट्रान्सपोर्ट अथोरिटी यस्ता नम्बर प्लेट आफ्नो अधिनमा राखेको हुन्छ। यस्ता नम्बर प्लेटको बोलकबोल नै साउदी अरबको मुद्रा दसै लाख दिरामबाट सुरु हुन्छ ।


Comments