चौतारा टुँडिखेलमा जारी फुटवल प्रतियोगितामा आज फाइनल खेल हुँदै, पहिलो हुने टिमले १० हजार नगद पुरस्कार पाउने
Posted on: Nov 03, 2016


कार्तिक १८, सिन्धुपाल्चोक - टुँडिखेल युवा कल्वको आयोजनामा चौतारामा जारी फुटवल प्रतियोगिता अन्तरगत बिहिबार फाइनल खेल हुने भएको छ । आज दिउँसो ३ बजेपछि चौतारा टुँडिखेलमा आयोजना हुने फाइनलमा चौताराको यूनाइटेड कल्व र स्याउले युवा परिवारबीच भिडन्त हुँदैछ । १० टिमको सहभागिता रहेको यो प्रतियोगितामा पहिलो हुनेले १० हजार र दोस्रो हुने टिमले ६ हजार रुपियाँ नगदसहित प्रमाणपत्र पुरस्कार पाउनेछन् । दिपावली तथा छठ पर्वको अवसर पारेर खेल गतिविधिलाई प्रोत्सहाहन गर्न यो फुटवल प्रतियोगिता आयोजना गरिएको चौताराका युवा खेलाडि अर्जुन धितालले जानकारी दिनुभयो ।पछिल्लो समयमा स्थानीय युवाहरुको सक्रियतामा चौतारामा बिभिन्न खेल गतिविधि तीव्र पारिएको छ ।


Comments