बाँडेगाउको ऐसेलुखर्कमा प्रथम ईलाका स्तरीय फूटबल आयोजना हुदै
Posted on: Oct 07, 2016


असोज २१, सिन्धुपाल्चोक

विजया दशमीको अवसरमा बाँडेगाउको ऐसेलुखर्कमा प्रथम ईलाका स्तरीय फूटबल आयोजना हुने भएकोछ । यहि असोज २३ देखि २६ गतेसम्म ईलाका स्तरीय फूटबल आयोजना हुनु लागेको हो । खेलमा प्रथम हुने टोली लाई २५,००० सहित मेडल, दोस्रो हुनेले १५,००० सहित मेडल तेस्रो हुनेले ५,००० सहित मेडल र सर्वा्धिक गोलकर्ताले २,५०० सहित मेडलको व्यवस्था गरिएको आयोजकले जानाएको छ ।
खेलमा खेलाडीहरु अनिवार्य रुपमा पोसाकमा हुनु पर्ने र टोली दर्ता यहि असोज २२ गतेसम्म मात्रै हुने आयोजकले जनाएको छ ।


Comments