भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन
Posted on: Dec 06, 2016


मंसिर २१ – भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे उहाँको निधन भएको जनाएको हो । ६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गएको आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो । अपोलो अस्पतालमा आइतबारदेखि नै उहाँका शुभेच्छुकको भिड लागेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जयललिताले चार पटकसम्म मुख्य मन्त्रीको पद सम्हाल्नु भएको थियो । यस्तै उहाँले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गर्नु भएको थियो । १९४८ फेब्रुृअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गर्नुभएको थियो । ८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी उहाँ ५ पटक तामिलनाडुको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँ पहिलो पटक सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बन्नुभएको थियो । 


Comments