विपक्षी दलनिकटका युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावकोविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने
Posted on: Dec 06, 2016


काठमाडौं, मंसिर २१ । विपक्षी दलनिकटका युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावकोविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् । मंगलबार नयाँबानेश्वरस्थित युवा संघ नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउन थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी गराए । उनले संशोधन प्रस्ताव नेपाली जनताको चाहनाविपरीत ल्याइएकाले सरकारविरुद्ध आन्दोलन थालिएको बताए । उनका अनुसार बुधबार बिहान बालुवाटारमा प्रदर्शन र बिहीबार दिउँसो नयाँबानेश्वरमा राष्ट्रियताको पक्षमा सडक कवितावाचन कार्यक्रम तय गरिएको छ ।

बैठकमा युवा संघका उपाध्यक्ष रमेश पौडेल, नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लबजु, अखिल नेपाल युवक संघका अध्यक्ष तिलक थापा, प्रगतिशील युवा संघका अध्यक्ष लोकेन्द्र शाहीलगायतको सहभागिता रहेको थियो । रासस


Comments